Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा


काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।

अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना विमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ‘इड्राइभ नेपाल एप’ सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ।

विहिवार प्रमुख अतिथी नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले रिवन काटेर तथा बाग्मति प्रदेशका उपसभामु ख अप्सरा चापागाँई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर ‘इड्राइभ एप’ र ट्याक्सी सेवाको उद्घाटन गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथी वर्तौलाले भने-‘इलेक्ट्रिक्स गाडिको प्रयोगले नेपालको विद्युतको खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रुपैंया विदेशिनबाट जोगिने हुनाले यसको भविष्य उज्वल छ।’

राष्ट्रिय सभा गृहमा उद्घाटन गरेसंगै ५२ वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो। हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ।

साथै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमशस् जोडिंदै जाने कम्पनीले जनाएको छ। ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने- सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य हो। साथै नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशि बिदेसिनबाट जोगाउनु ईड्राइभ नेपालको अभियान हुनेछ।’


प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?