Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

पोखरामा जनकपुरको मिथिला संस्कृति प्रदर्शन गरिने


गण्डकी । आभ्या क्लबको आयोजनामा यही मङ्सिर ९ र १० गते पोखरामा जनकपुरको मिथिला संस्कृति, कला एवं पोखरेली ह्याण्डीक्राफ्ट प्रदर्शनी हुने भएको छ ।

हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कृपा श्रेष्ठले जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेली सामु ल्याउन लागेको जानकारी दिईन् ।

‘मिथिला शैली, कला र सांस्कृतिक समृद्धि’ नाराका साथ गर्न लागिएको प्रदर्शनीमा जनकपुरका आठ कलाकारसहित १५ जनाको टोली पोखरा आउने उनले जानकारी दिईन् ।

उक्त क्रममा आभ्या क्लब परिसरमा नै पोखरेली महिलाको हस्तकला प्रदर्शन गरिने उल्लेख गर्दै उनले मिथिला र पोखरेली कलाकारको सहभागितामा चित्रकला कार्यशाला पनि गरिने बताईन् ।

कला संस्कृतिको संरक्षणका लागि यसअघि साउनको दोस्रो साता ‘अ डे विद कलर्स’ शीर्षकमा पोखराका बालबालिका तथा विभिन्न उमेर समूहका झण्डै दुुई सय ५० जनाको सहभागितामा सम्पन्न गरिएको क्लबले जनाएको छ ।

त्यस्तै भदौको तेस्रोे साता माटो, कला र पोखरा शीर्षकमा मूर्तिकलासमेत सम्पन्न गरिएको श्रेष्ठले जानकारी दिईन् ।


प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?