Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

गर्भवतीको गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा


गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गर्भवतीका लागि गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा प्रदान गर्न सुरु गरिएको छ । गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्सरे सेवा दिन सुरु गरेका गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए । त्यस्तै, विभिन्न नौ वटा संस्थाबाट पालिकाभित्र रहेका एक सय ६० गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको उनले बताए भने भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न् सजिलो हुने प्रमुख भट्टको भनाइ रहेको थियो । उक्त गाउँपालिकाले एक–एक महिनाको फरकमा गर्भवस्थाको परीक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी पठाउने गरिएको उनले जानकारी दिए । गर्भवती महिला थप भएमा कार्यक्रम तालिकाअनुसार नयाँको पनि गर्भ परीक्षण गर्ने व्यवस्था गरिने प्रमुख भट्टले जानकारी दिए । “एउटा महिना देउराली, पन्द्रुङ, ताकुकोट, तामलाबोट र स्वाँरामा भिडियो एक्सरे सेवा कार्यक्रम सञ्चालन गर्छौ ”, उनले भने, “लगत्तै अर्को महिना बारपाक, सौरपानी, रन्चोकमा स्वास्थ्यकर्मी पठाउँछौँ । पालैपालो महिना बिराएर सेवा दिन सुरु गरेका छौँ ।” त्यस्तै, एकजना गर्भवती महिलाको कम्तीमा तीन पटक अनिवार्यरुपमा भिडियो एक्सरे गर्नुपर्ने भएकाले सोही अनुसार सेवा प्रदान गरिने अहेव राजमती श्रेष्ठले बताइन् । “त्यसपछि भने आवश्यकताअनुसार एक्सरे गरिन्छ”, उनले भने, “पहिलो चरणमा सबै वडामा पुगेर गर्भवती महिलाको गर्भवस्थाको एक्सरे जाँच गरी सकिएको छ ।”

त्यसैगरी, गर्भवतीको गर्भमा रहेका बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले गाउँपालिकाले गर्भवतीका लागि टोलटोलमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क भिडियो एक्सरे जाँच गर्न थालेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउदै प्रोटेबल भिडियो एक्सरे मेसिनको प्रयोग गरी स्वास्थ्यकर्मीले सेवा दिँदै आएका उनको भनाइ रहेको थियो । उक्त गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेसँगै पालिकाभित्रका गर्भवतीले गर्भावस्थाको परीक्षणका लागि गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता हटेको छ ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?