Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य


भेरीगङ्गा, सुर्खेत। भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । तीमध्ये २४ जना डिस्चार्ज भएका हुन् । उक्त अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार भूकम्पमा परी घाइते भएकामध्ये जाजरकोटका २५ जना, रुकुमपश्चिम १३ जना र दैलेख गुराँस गाउँपालिकाका एक जनाले उपचार गराइरहेकामा २४ जनालाई निको भएर घर फर्किएका छन् भने अस्पतालमा उपचार गराइरहेका अन्य २१ जनाको अवस्था पनि सुधार हुँदै गएको उनले जानकारी दिए ।

आज पत्रकार सम्मेलनको आयोजना गरी घाइतेको अवस्थाका बारेमा जानकारी दिँदै डाक्टर खड्काले उनीहरुको उपचारका लागि पाँच जना चिकित्सक खटाइएको बताए । अहिले एक जना घाइतेको न्यूरो आइसियु भेन्टिलेटरमा उपचार भइरहेको छ भने एक जनाको आइसियुमा उपचार भइरहेको छ । अन्य १९ जनाको जनरल वार्डमा उपचार भइरहेको खड्काले बताए । त्यसैगर, घाइते भएकामध्ये अस्पतालमा पाँच वर्ष मुनिका छ जना बालबालिकाको उपचार भइरहेको छ भने पाँच जनाको शल्यक्रिया गरिएको छ भने अस्पतालका निर्देशक खड्काले घाइतेको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको बताए ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?