Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राससका सामग्री भूकम्प प्रभावित जिल्लाका सञ्चार माध्यमलाई निःशुल्क


२३ ,कात्तिक ,काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका सञ्चार माध्यमलाई तीन महिनासम्म आफ्ना उत्पादन निःशुल्क उपलब्ध गराउने भएको छ ।

रासस सञ्चालक समितिको आजको बैठकले यही कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम, रुकूम पूर्व र सल्ल्यान जिल्लामा सञ्चालित आमसञ्चार माध्यमलाई माघ महिनासम्मको समाचारलगायत आफ्ना उत्पादनको शुल्क नलिने निर्णय गरेको हो ।

राससले जाजरकोट भूकम्पबाट प्रभावित चार जिल्लाका आमसञ्चार माध्यमले रासस केन्द्रीय कार्यालयमा सम्पर्क गरी निःशुल्क रूपमा समाचार लिन सकिने व्यवस्था मिलाएको जानकारी दिदै कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यद्वारा सञ्चालित राससको निर्णयबाट भूकम्प प्रभावित चार जिल्लाका सञ्चार माध्यम र त्यस क्षेत्रका स्थानीय जनता लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?