Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

राससका सामग्री भूकम्प प्रभावित जिल्लाका सञ्चार माध्यमलाई निःशुल्क


२३ ,कात्तिक ,काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका सञ्चार माध्यमलाई तीन महिनासम्म आफ्ना उत्पादन निःशुल्क उपलब्ध गराउने भएको छ ।

रासस सञ्चालक समितिको आजको बैठकले यही कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम, रुकूम पूर्व र सल्ल्यान जिल्लामा सञ्चालित आमसञ्चार माध्यमलाई माघ महिनासम्मको समाचारलगायत आफ्ना उत्पादनको शुल्क नलिने निर्णय गरेको हो ।

राससले जाजरकोट भूकम्पबाट प्रभावित चार जिल्लाका आमसञ्चार माध्यमले रासस केन्द्रीय कार्यालयमा सम्पर्क गरी निःशुल्क रूपमा समाचार लिन सकिने व्यवस्था मिलाएको जानकारी दिदै कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यद्वारा सञ्चालित राससको निर्णयबाट भूकम्प प्रभावित चार जिल्लाका सञ्चार माध्यम र त्यस क्षेत्रका स्थानीय जनता लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?