Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब फाइनलमा


२३ ,कात्तिक ,वीरगञ्ज (पर्सा) । नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब उपाधी नजिक पुगेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

उक्त खेलको प्लेयर अफ दी म्याच पुलिस क्लबका गोलरक्षक सत्रुघन चौधरी घोषित भए । उनलाई आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पङ्कज श्रेष्ठले रु १० हजार पुरस्कार प्रदान गरे ।

पुलिस क्लबले फाइनलमा आज हुने सङ्कटा क्लब काठमाडौँ र त्रिभुवन आर्मी क्लबबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग सामना गर्ने छ ।

प्रतिगोयतामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारतको कोलकाता क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी छन् ।

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताको उपाधि विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ ।


प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?