Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सिरियामा आइएसको आक्रमणमा सरकार समर्थक ३० सैनिकको मृत्यु


२२ ,कात्तिक ,बेरुत । इस्लामिक स्टेट (आइएस) समूहको आक्रमणमा सिरियाली मरुभूमिमा सरकार समर्थक कम्तीमा ३० सैनिकको मृत्यु भएको एक युद्ध पर्यवेक्षकले बुधबार बताएका छन् । उक्त आक्रमण यो वर्षको सबैभन्दा घातक आक्रमणमध्येको एक भएको बताइएको छ ।

“सिरियाली मरुभूमिमा बुधबार बिहान सैन्य चौकीहरूमा इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा चार सैनिक र २६ रक्षा फौजसहित ३० जनाको मृत्यु भएको थियो”, बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ ।

जमिनमा स्रोतहरूको विशाल नेटवर्क भएको राका, होम्स र डेर एजोरका बीच भागहरूमा आक्रमण भएको अब्जर्भेटरीले उल्लेख गरेको छ । अब्जर्भेटरी प्रमुख रामी अब्देल रहमानले घाइतेहरूको अस्पष्ट सङ्ख्यालाई उद्धृत गर्दै मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताए । उनका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक छ ।

आइएसले सन् २०१४ जुनमा सिरिया र इराकका ठूलो भूभागमा ‘क्यालिफेट’ (मोहम्मदको मृत्युदेखि १३औँ शताब्दीसम्म इस्लाम उत्थानको युग) को घोषणा गर्दै आतङ्कको शासन सुरु गर्यो ।

यो सन् २०१९ मा सिरियामा क्षेत्रीयरूपमा पराजित भएको थियो तर यसका अवशेषहरूले विशेषगरेर मरुभूमिका गुप्त स्थानबाट घातक ‘आक्रमण गर र भाग’ नीति प्रयोग गर्दै आएका छन् ।

राष्ट्रपति बशर अल–असदको सरकारले सन् २०११ मा शान्तिपूर्ण प्रजातन्त्र समर्थक विरोध प्रदर्शनलाई दबाएपछि सिरियामा युद्ध सुरु भएको छ । युद्ध सुरु भएपछि यसमा विदेशी शक्ति र वैश्विक जिहादीहरूलाई समावेश गरिएको छ ।

युद्धमा पाँच लाखभन्दा धेरै मानिस मारिएका छन् र सिरियाको युद्धपूर्वको आधा जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका छन् ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?