Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सिर्सिया नदी प्रदुषण गर्ने एक उद्योगलाई रु. ३० हजार जरिवाना


वीरगञ्ज,पर्सा । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषण गर्ने एक उद्योगलाई रु. ३० हजार जरिवाना गरेको छ । प्रदुषित पानी सिर्सिया नदीमा फालेर फोहरसमेत गरेको भन्दै परवानीपुरस्थित सिद्धि टेक्साइल प्रालिलाई सो जरिवाना गरिएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिए । यसअघि सिर्सिया नदी प्रदुषणमा मुख्य जिम्मेवार देखिएको भन्दै महानगरपालिकाले पाँच उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदुषण गर्न नछाडेकाले रु.तीन/तीन लाखका दरले जरिबाना गरेको थियो । उक्त उद्योगबाट निस्कने रसायनसहितको लेदो तथा फोहोर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदुषित भएको थियोे । सो महानगरको निरन्तर अनुगमनपछि ग्लोबल लेदर, मारुती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले जनाएको छ । यसैबीच पर्सा–बारा करिडोरका दुई उद्योगले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन् ।

त्यसैगरी, महानगरपालिकाले निरन्तर अनुगमन र कारबाही गर्न थालेपछि प्रदुषण नियन्त्रणका लागि निस्कने रसायनयुक्त लेदो तथा फोहोर व्यवस्थापन गर्न उद्योगीहरुले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका हुन् भने सिर्सिया नदी प्रदुषणमुक्त बनाउन नदीको आसपासका उद्योगहरु नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाहीसँगै उद्योगमा शीलबन्दी गरिने महानगरप्रमुख राजेशमान सिंहले चेतावनी दिएपछि उद्योगीहरु ट्रिटमेन्ट प्लान्ट बनाउन तयार भएका हुन् । अहिले मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक ट्रिटमेन्ट प्लान्ट बनाउने काम अघि बढाइसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?