Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै


जनकपुरधाम। मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै छ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा संघर्षमा उत्रिनेसम्मको निर्णय नै गरेको थियो।
सो आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आज पत्रकार सम्मेलन गरी बिहीबार मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दहाललाई पन्ध्रदिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । त्यस्तै ‘बिहीबार प्रधानमन्त्रीलाई मेरै नेतृत्वमा पन्ध्रदिने अल्टिमेटसमहित ज्ञापन पत्र बुझाउने कार्यक्रम छ,’ मुख्यमन्त्री यादवले भने । यदि अल्टिमेटमको समयसिमा भित्र प्रहरी समायोजनको काम अघि नबढे मुख्यमन्त्रीकै नेतृत्वमा काठमाडौंको माइतिघर मण्डलामा मन्त्रीहरु संघीय सरकार विरुद्ध धर्ना बस्ने कार्यक्रम रहेको छ । त्यस्तै जिल्लाहरुमा प्रशासन कार्यालयमा सर्वदलीय रुपमा नेताहरुले धर्ना बस्नेसहितको कार्यक्रम हुने मुख्यमन्त्री यादव बताउँछन् ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?