Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै


जनकपुरधाम। मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै छ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा संघर्षमा उत्रिनेसम्मको निर्णय नै गरेको थियो।
सो आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । आज पत्रकार सम्मेलन गरी बिहीबार मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दहाललाई पन्ध्रदिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । त्यस्तै ‘बिहीबार प्रधानमन्त्रीलाई मेरै नेतृत्वमा पन्ध्रदिने अल्टिमेटसमहित ज्ञापन पत्र बुझाउने कार्यक्रम छ,’ मुख्यमन्त्री यादवले भने । यदि अल्टिमेटमको समयसिमा भित्र प्रहरी समायोजनको काम अघि नबढे मुख्यमन्त्रीकै नेतृत्वमा काठमाडौंको माइतिघर मण्डलामा मन्त्रीहरु संघीय सरकार विरुद्ध धर्ना बस्ने कार्यक्रम रहेको छ । त्यस्तै जिल्लाहरुमा प्रशासन कार्यालयमा सर्वदलीय रुपमा नेताहरुले धर्ना बस्नेसहितको कार्यक्रम हुने मुख्यमन्त्री यादव बताउँछन् ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?