Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपाल समाजवादी मोर्चा गठन


युवराज सफलको नेतृत्वमा नौ सदस्यीय ‘नेपाल समाजवादी मोर्चा’ गठन भएको छ । यहाँ आज आयोजना गरेको एक कार्यक्रममा मोर्चा गठनकोे घोषणा गरिएको हो । कार्यक्रममा मोर्चाका संयोजक सफलले नेपालमा रहेका सम्पूर्ण समाजवादी शक्तिलाई एकताबद्ध गर्दै समाजवादी व्यवस्था निर्माण गर्ने उद्देश्यले मोर्चा गठन गरिएको बताउनुभयो । समाजवादी आन्दोलन हुँदै अन्तर्राष्ट्रिय समाजवादी सहयोग सङ्गठन बनाएर अघि बढ्ने उहाँको भनाइ छ ।

“मुलुकमा भएका भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्दै जनतालाई समाजवादी बाटोमा लैजाने र समृद्ध राष्ट्र निर्माण गर्ने हाम्रो उद्देश्य हो”, संयोजक सफलले भन्नुभयो । बैंक तथा वित्तीय संस्थाले दिने सेवासुविधाबाट नागरिक सन्तुष्ट नभएकाले उनीहरुको मर्म र भावनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सम्बन्धित निकायलाई नवगठित मोर्चाले आग्रह गरेको छ ।

भान्सामा प्रयोग हुने कृषि तथा तरकारीजन्य वस्तुको गुणस्तर जाँच गरेर मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन मोर्चाको माग छ । नवगठित मोर्चाको सचिवालय सदस्यमा क्रमशः सुशील नाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, वासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ र गणेश ढकाल छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?