Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

एकाबिहानै जङ्गली हात्ती गाउँ पसेपछि


कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका कविराज चौधरीको परिवार गए राति मस्त निद्रामा थिए । त्यत्तिकैमा घर हल्लिएको चाल पाए । उठेर हेर्दा जङ्गली हात्तीको बथानले घर हिर्काउँदै थियो भने अचानक हात्तीले घरमा आक्रमण गर्न थालेपछि चौधरीको परिवार के गरौँ भन्ने अलमलमा पर्‍यो । “रातिको ३ बजिसकेको थिएन, दशरबाह्र वटा हात्तीले घर घेरिसकेका रहेछन्”, चौधरीले भने, “बाहिर भाग्ने ठाउँ थिएन, परिवारकै ज्यान जोगाउने चिन्ताले सत्ताउन थाल्यो, भाग्नसक्ने अवस्था नभएपछि फोन गरेर गाउँलेलाई गुहारयौंँ ।” गाउँलेहरुले आगो बाले, हो हल्ला गरेपछि हात्तीको बथान नजिकैको सामुदायिक वनतर्फ लागेपछि ज्यान जोगिएको चौधरीले बताए । “हात्तीले घरको भित्ता भत्काएको छ”, चौधरीले भने, “झण्डै टाउकोमै हात्तीले आक्रमण गर्न पाएन, खावाँको आडमा लाग्न सकेकाले ज्यान जोगियो ।” हात्तीको बथानले घरमा क्षति पुर्‍याउनुका साथै घरमा भण्डारण गरिएका झण्डै १० क्विन्टलभन्दा बढी धान खाएको छ । घरको आँगनमा रहेको शौचालय भत्काइ दिएको छ भने बारीको तरकारी बाली र तोरी बाली खाएर र खुट्टाले कुल्चेर नोक्सानी पुर्‍याएको छ ।

“खेतबारीको धान सिद्धिएपछि हात्तीको बथानले आहाराको खोजीमा घरनै तोड्न थालेका छन्”, स्थानीय तेजबहादुर चौधरीले भने, “मानवीय क्षति हुने सम्भावना बढेर गएको छ, यसलाई रोक्नका लागि स्थानीय तहले प्रभावकारी कदम चाल्नुपर्छ ।” अहिलेसम्म कोही पनि जनप्रतिनिधि क्षतिको आँकलन गर्नसमेत नपुगेको उनले गुनासो गरे । त्यस्तै, रातिका बेला गाउँमा आवतजातवको गर्नसमेत छाडेका छन् भने विगत तीन वर्षदेखि नगरपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले मानवीय क्षति पुर्‍याउँदै आएको छ । हात्तीकै आक्रणमा परेर तीन वर्षमा नगरपालिका क्षेत्रका चार जनाले ज्यान गुमाइसकेका छन् भने वन क्षेत्र हराभरा भएपछि जङ्गली हात्तीको बथान वर्षभरिनै सामुदायिक वन क्षेत्रमा ओहरदोहर गर्दै आएको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?