Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

जापानी विदेशमन्त्रीद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त


काठमाडौं। जापानका विदेशमन्त्री कामिकावा योकोले गत शुक्रबार पश्चिम नेपालका गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएकि छन् । विदेशमन्त्री कामिकावाले भूकम्पबाट धेरैको ज्यान गएको र ठूलो भौतिक क्षति भएको सुन्दा आफूलाई अत्यन्त दुःख लागेको उल्लेख गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । शोक सन्देशमा उनले जापान सरकार सदैव नेपाल सरकार र जनताका साथ रहेको र नेपालको स्थानीय आवश्यकताका आधारमा उचित सहयोग गर्न तत्पर रहेको बताउदै विदेशमन्त्री कामिकावाले भूकम्प प्रभावित क्षेत्रको यथाशीघ्र पुनःनिर्माणको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?