Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भूकम्प प्रभावितलाई कास्की रेडक्रसको राहत


१९ ,कात्तिक ,कास्की । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नेपाल रेडक्रस सोसाइटी कास्कीले राहत पठाएको छ ।

रेडक्रसको आज बसेको पदाधिकारीको बैठकको निर्णयअनुसार दुवै जिल्लाका प्रभावितको लागि रु एक÷एक लाखको दरले राहत पठाइएको मन्त्री सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखा तथा रुकुम पश्चिम शाखामार्फत राहत पठाइएको हो ।

सोसाइटीका कार्यवाहक सभापति धर्मराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेडक्रसको आधारभूत सिद्धान्त, मूल्य र मान्यताका आधारमा भूकम्प प्रभावितको लागि आवश्यक सहयोगको लागि जुट्न रेडक्रसका उपशाखा तथा निकाय, स्वयंसेवक तथा कर्मचारीलाई अपिल गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित समुदायको खोज, उद्धार तथा राहतमा जुट्न रेडक्रसका सबै निकायलाई आग्रह गरेको छ ।

भूकम्प प्रभावितका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पनि राहत सामग्री पठाएका छन् । गण्डकी प्रदेश सरकारले भूकप्प प्रभावितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले प्रभावितलाई सहयोगका लागि कर्णाली प्रदेश सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो । यसैगरी गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधिसहित विषेशज्ञ चिकित्सकको टोली पठाएको छ ।

प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी र उपचार सामग्रीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो ।टोलीले सम्बन्धित स्थानमा पुगेर आज बिहानदेखि काम सुरु गरेको डा गौचनले बताए ।

पोखरा महानगरपालिकाले पनि भूकम्प प्रभावितका लागि रु ५० लाख सहयोगको घोषणा गरेको छ । महानगरले समेत प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको उद्धार टोली पठाएको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?