Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भूकम्प प्रभावितलाई कास्की रेडक्रसको राहत


१९ ,कात्तिक ,कास्की । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नेपाल रेडक्रस सोसाइटी कास्कीले राहत पठाएको छ ।

रेडक्रसको आज बसेको पदाधिकारीको बैठकको निर्णयअनुसार दुवै जिल्लाका प्रभावितको लागि रु एक÷एक लाखको दरले राहत पठाइएको मन्त्री सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखा तथा रुकुम पश्चिम शाखामार्फत राहत पठाइएको हो ।

सोसाइटीका कार्यवाहक सभापति धर्मराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेडक्रसको आधारभूत सिद्धान्त, मूल्य र मान्यताका आधारमा भूकम्प प्रभावितको लागि आवश्यक सहयोगको लागि जुट्न रेडक्रसका उपशाखा तथा निकाय, स्वयंसेवक तथा कर्मचारीलाई अपिल गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित समुदायको खोज, उद्धार तथा राहतमा जुट्न रेडक्रसका सबै निकायलाई आग्रह गरेको छ ।

भूकम्प प्रभावितका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पनि राहत सामग्री पठाएका छन् । गण्डकी प्रदेश सरकारले भूकप्प प्रभावितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले प्रभावितलाई सहयोगका लागि कर्णाली प्रदेश सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो । यसैगरी गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधिसहित विषेशज्ञ चिकित्सकको टोली पठाएको छ ।

प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी र उपचार सामग्रीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो ।टोलीले सम्बन्धित स्थानमा पुगेर आज बिहानदेखि काम सुरु गरेको डा गौचनले बताए ।

पोखरा महानगरपालिकाले पनि भूकम्प प्रभावितका लागि रु ५० लाख सहयोगको घोषणा गरेको छ । महानगरले समेत प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको उद्धार टोली पठाएको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?