Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

एसियाडका पदक विजेता खेलाडी सम्मानित


१९ ,कात्तिक ,किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभा सदरमुकाममा तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित भएका छन् ।

तेक्वान्दोका राष्ट्रिय खेलाडी प्रेमबहादुर लिम्बू गृहजिल्लामा सम्मानित भएका हुन् ।

खाँदबारीमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलाडी लिम्बूलाई खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले सम्मानपत्रका साथै दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए ।

नगरप्रमुख थपलियाले खेल क्षेत्रको विकासका लागि जिल्लाका दशवटै पालिको सहकार्य आवश्यक भएको बताए ।

तेक्वान्दोमा एक दशकदेखि सक्रिय लिम्बूले थाइल्याण्ड, कोरिया, इन्डोनेसियामा भएका विभिन्न प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पदक प्राप्त गरेका छन् ।

हालै चीनको हाङझावमा सम्पन्न एसियाडमा पनि पदक जिटेका थिए ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?