Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई २५ लाख दिने


१९ ,कात्तिक ,गोदावरी (ललितपुर) । गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई रु २५ लाख दिने निर्णय गरेको छ ।

नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परेका भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोषबाट रु २५ लाख सहयोग गरेको जानकारी दिए ।

भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम लगायतका प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति तथा सयौँ सङ्ख्यामा घाइते भएकोप्रति दुःख प्रकट गर्दै उनले भने, “विपद्को समयमा सबै एक भएर विपद्को सामना गर्नुपर्छ ।”


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?