Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो


गोरखा। गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसवर्षको अक्टोबरसम्म सात हजार आठ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । यसवर्षको अक्टोबर महिनासम्ममा यस क्षेत्रमा अघिल्लो वर्षभन्दा बढी पर्यटक भ्रमणका लागि आइपुगेको उनले बताए । त्यस्तै मनास्लु क्षेत्र घुम्न जानेहरुमा यसवर्ष सार्क राष्ट्रका एक सय ७८ जना, रहेका छन् भने त्यस बाहेक अन्य देशका सात हजार छ सय ८४ जना रहेको उनले बताए । यहाँ आइपुग्ने पर्यटकमा चार हजार पाँच सय १९ पुरुष र तीन हजार तीन सय ३८ महिला पर्यटक रहेका छन् भने कोराना सङ्क्रमणका कारण सुस्ताउँदै गएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको कार्यालय प्रमुख शेरचनको भनाइ रहेको थियो ।

उक्त कार्यालयको तथ्याङकअनुसार सन् २०२१ मा नौ सय २५ विदेशी पर्यटकले मात्र मनास्लु क्षेत्रको भ्रमण गरेका थिए भने अघिल्ला वर्षको तुलनामा यसवर्ष अत्यधिक पर्यटक मनास्लु पुगेको उनले बताए । “यसवर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ,” प्रमुख शेरचनले भने, “साउन महिना यतादेखि असोज अन्तिमसम्म मात्र दुई हजार ९०३ विदेशी पर्यटक मनास्लु आइपुगेका छन् ।’’ साउन महिना ८०, भदौमा पाँच सय ४७ र असोजमा दुई हजार दुई सय ७६ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरिसकेको उनले बताएका थिए भने । निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुल्ला गरेको थियो ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?