Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

बेथानचोकमा खानेपानी आयोजना हस्तान्तरण


बेथानचोक गाउँपालिका–६ मा सिउरानीमा भञ्ज्याङखर्क खानेपानी आयोजना समुदायमा हस्तान्तरण गरिएको छ । आयोजनाबाट दुई सय २३ घरपरिवारका एक हजार तीन सय ३७ प्रत्यक्ष रुपमा लाभान्वित भएको जनाइएको छ ।

कूल रु एक करोड ९३ लाख ६३ हजार दुई सय ५७ लागतमा निर्माण सम्पन्न उक्त खानेपानी तथा सरसफाइ आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा २०७८ साल भदौमा सुरु भएको थियो ।

आयोजना गाउँपालिकाको रु ४९ लाख २२ हजार छ सय ४६, रोटरी क्लब बौद्धको रु ९२ लाख ७३ हजार नौ सय ४३, समुदायबाट रु छ लाख ९९ हजार र जनश्रमदान रु ४७ लाख ६७ हजार छ सय ६७ मा सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?