Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सोमबारदेखि


१७ ,कात्तिक ,काठमाडौँ । नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा यही कात्तिक २० देखि २४ गतेसम्म छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदान सम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सञ्चालन हुने भएको छ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ ।

उक्त तालिम तथा अभ्यासअन्तर्गत विशेषज्ञसगँको शैक्षिक छलफल र टेवल कार्य काठमाडौँमा तथा स्थलगत प्रशिक्षण अभ्यास चितवनमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अभ्यासमा विपद् व्यवस्थापन कार्यसँग आबद्ध नेपालका सरकारी तथा गैरसरकारी निकायबाट दुई सय १० र अमेरिकी सेनाका ४४ तथा भारत, मालदिभ्स, मङ्गोलिया, थाइल्यान्ड, श्रीलङ्का, क्यानडा र बेलायतबाट १६ गरी कूल दुई सय ७० जनाको सहभागिता रहनेछ ।

उक्त संयुक्त अभ्यासबाट मित्रराष्ट्र तथा विभिन्न निकायबीचको आपसी सहयोग, सद्भाव र समन्वयका साथै विपद् व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?