Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

चलचित्र भवनमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’


काठमाडौं। नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दसैँलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् । दसैँपछाडि नयाँ नेपाली चलचित्र तिहारमा मात्र प्रदर्शन हुने भएकाले एकसाता अझै ती दुई चलचित्र नै रहनेछन् । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २: भष्मे डन’ तेस्रो सातामा प्रदर्शनरत छ । खगेन्द्र लामिछानेले निर्माण तथा लेखन गरेका चलचित्रलाई दीपेन्द्रकुमार खनालले निर्देशन गरेका हुन् । यसमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारले अभिनय गरेका छन् । “दर्शकले रुचाएकै कारण पशुपति प्रसादको कथालाई निरन्तरता दिएका हौँ । हामीले मौलिक नेपाली कथालाई पर्दामा प्रस्तुत गरेका छौँ”, लेखक लामिछानेले भनेका छन् । चलचित्र ‘परदेशी २’ चौथो सातामा प्रदर्शनरत छ । नरायण रायमाझीले निर्देशन गरेक चलचित्रमा केकी अधिकारी, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, प्रकाश सपुत, नीर शाह, रमा थपलियालगायत कलाकारले अभिनय गरेका छन् ।

उक्त चलचित्रमा उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको पर्खाइमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको निर्देशक रायमाझीले बताएका छन् । उनले भने, “मेरा अघिल्ला चलचित्र झैँ मौलिक कथालाई नै पर्दामा ल्याए । अहिले चलचित्र भवनमा पुग्दा दर्शकमार्फत पाइरहेको प्रतिक्रियाले उत्साहित छु । उनीहरू आफ्नै गाउँ समाजको कथालाई पर्दामा हेर्न पाउँदा खुसी छन्।” चलचित्रलाई रमेश बिजीले लेखेका हुन्।


प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?