Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

न्यायक्षेत्रमा सहकार्य गर्न नेपाल र चीन सहमत


१६ ,कात्तिक ,काठमाडौँ । जिनजियाङको काशगरमा भएको ‘पहिलो चीन (कास्गर)–मध्य एसिया र दक्षिण एसिया कानूनी मञ्च’मा सहभागी भई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बेइजिङ पुगेको छ ।

बेइजिङमा उत्रिएलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले प्रधानन्यायाधीश तथा जनवादी गणतन्त्र चीनको सर्वोच्च जन अदालतका अध्यक्ष झाङ जुनसँग भेटवार्ता गरेका बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा दुवै देशका प्रधानन्यायाधीबीच न्याय सेवाका विभिन्न विषयमा छलफल भएको थियो ।

नेपाल र चीनबीचको लामो समयदेखिको सुखद द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै दुवै पक्षले न्यायपालिकाका क्षेत्रमा सहयोग र सहकार्यलाई प्रवद्र्धन गरी आपसी सम्बन्धलाई थप मजबुत बनाउन सहमति जनाएका थिए ।

प्रधानन्यायाधीश श्रेष्ठले न्याय सेवाको क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा चीनले गरेको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै दुई देशबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानन्यायाधीश नेतृत्वको प्रतिनिधिमण्डल भोलि शुक्रबार काठमाडौँ फर्कने कार्यक्रम छ ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?