Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२७ पुष २०८२, आईतवार
२७ पुष २०८२, आईतवार

भविष्यलाई सोचेर योजना निर्माण गर्नुपर्छ:युवराज दुलाल


चितवन। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले विकास निर्माणका काममा भविष्यलाई सोचेर योजना बनाउनुपर्ने बताएका छन् । पूर्वाधार विकास कार्यालय भरतपुरले आयोजना गरेको सिसवार–सिसही–वनकठ्ठा–मगनी–नमुनाचोक–पिप्रा–दद्रनी सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भविष्यका लागि सोचेर ठूला परियोजना निर्माण गर्नुपर्ने बताएका हुन् ।निर्वाचनको समयमा विचार फरक भए पनि विकास निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने मन्त्री दुलालको भनाइ रहेको छ । उनले भने “विकासका लागि मिलेर जाने हो । हामी मिल्न सकेनौँ भने विकास भन्दा पनि विनाश बढी हुन्छ ।” प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा एक हजार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने गरी काम गरेको मन्त्री दुलालले जानकारी दिए । उक्त कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलेसम्म ४४ किलोमिटर रिङरोड निर्माण गरिसकेको बताएकी छन् भने रिङरोड निर्माणका लागि महानगरले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढेको उनको भनाइ रहेको छ ।

उक्त कार्यक्रममा महानगर उपप्रमुख चित्रसेन अधिकारीले विकास निर्माणको काममा महानगरले समन्वय र सहजीकरण गर्ने गरेको भन्दै समयमा नै निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने बताए । उद्घाटन गरिएको सडक सात दशमलव ९१४ किलोमिटर लामो छ । विसं २०७८ पुस ८ गते निर्माणका लागि ठेक्का सम्झौता गरी विसं २०८० असोज ८ गते सडक कालोपत्र गरिएको हो । रू १४ करोड ६० लाख ६६ हजार छ सय ५५ मा निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीले सडकको बारेमा जानकारी गराउदै समयमा नै काम सम्पन्न गरेको भन्दै उद्घाटन कार्यक्रममा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?