Trending
>>   सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्नुस् : राजेन्द्र लिङदेन >>   टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु >>   ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ >>   देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति >>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

भविष्यलाई सोचेर योजना निर्माण गर्नुपर्छ:युवराज दुलाल


चितवन। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले विकास निर्माणका काममा भविष्यलाई सोचेर योजना बनाउनुपर्ने बताएका छन् । पूर्वाधार विकास कार्यालय भरतपुरले आयोजना गरेको सिसवार–सिसही–वनकठ्ठा–मगनी–नमुनाचोक–पिप्रा–दद्रनी सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भविष्यका लागि सोचेर ठूला परियोजना निर्माण गर्नुपर्ने बताएका हुन् ।निर्वाचनको समयमा विचार फरक भए पनि विकास निर्माणमा सबै मिलेर अघि बढ्नुपर्ने मन्त्री दुलालको भनाइ रहेको छ । उनले भने “विकासका लागि मिलेर जाने हो । हामी मिल्न सकेनौँ भने विकास भन्दा पनि विनाश बढी हुन्छ ।” प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा एक हजार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने गरी काम गरेको मन्त्री दुलालले जानकारी दिए । उक्त कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलेसम्म ४४ किलोमिटर रिङरोड निर्माण गरिसकेको बताएकी छन् भने रिङरोड निर्माणका लागि महानगरले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढेको उनको भनाइ रहेको छ ।

उक्त कार्यक्रममा महानगर उपप्रमुख चित्रसेन अधिकारीले विकास निर्माणको काममा महानगरले समन्वय र सहजीकरण गर्ने गरेको भन्दै समयमा नै निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने बताए । उद्घाटन गरिएको सडक सात दशमलव ९१४ किलोमिटर लामो छ । विसं २०७८ पुस ८ गते निर्माणका लागि ठेक्का सम्झौता गरी विसं २०८० असोज ८ गते सडक कालोपत्र गरिएको हो । रू १४ करोड ६० लाख ६६ हजार छ सय ५५ मा निर्माण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीले सडकको बारेमा जानकारी गराउदै समयमा नै काम सम्पन्न गरेको भन्दै उद्घाटन कार्यक्रममा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो ।


प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?