Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

पूर्वी नेपालका सहरमा पोखराको पर्यटन प्रवर्द्धन गरिने


गण्डकी। होटल सङ्घ पोखराको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरहरूमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरिने भएको छ । पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ कार्यक्रम लिएर यही कात्तिक १६ गते बिहीबारदेखि पाँचदिने अभियानसहित पर्यटन व्यवसायी, सञ्चारकर्मीको टोली पूर्वी नेपाल जान लागेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन् । सङ्घले दुई दशकअघि देखि नेपालभित्रका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले तत्कालीन समयमा एक प्रतिशत मात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको जानकारी दिए ।

“अभियानले पोखरामात्र नभई नेपालका अन्य पर्यटकीय सहरमा पनि महत्वपूर्ण प्रभाव पारेको छ”, उनले भने, “कोरोना महामारी लगायतका विभिन्न विपत्तिका कारण प्रभावित पर्यटनलाई आन्तरिक पर्यटनले विशेष योगदान पुर्‍याएको छ ।” पूर्व नेपालमा गर्न लागिएका प्रबर्द्धनात्मक कार्यक्रमका क्रममा जनकपुर, विराटनगर, विर्तामोड र धनकुटामा त्यहाँका पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रमसमेत तय गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?