Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

जनता समाजवादी पार्टी केन्द्रीय सल्लाहकार समितिमा तीन जना मनोनयन


काठमाडौं। जनता समाजवादी पार्टीले पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माण गर्न केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । उनका अनुसार समितिमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन, सिताराम साह र देवनारायण यादव रहेका छन् । यस्तै, यसअघि केन्द्रीय कार्यालय समितिको अध्यक्ष वाक्यांश प्रयोग गर्ने गरिएकोमा अब उप्रान्त केन्द्रीय कार्यालय सचिव प्रयोग गर्ने निर्णय समेत गरेको छ । उक्त बैठकबाट गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई केन्द्रीय सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा मनोनयन गरिएको छ ।

 


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?