Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

आईसीसी टी-२० विश्वकप छनोटमा ओमानको लगातार दोस्रो जित


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो । पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमान सेमिफाइनल नजिक पुगेको छ । ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ र मनप्रित सिंहले ३१ रन बनाए भने बलिङमा ओमानका बिलाल खान र फयज बटले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले अकिब इल्यासको अर्धशतक मदतमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । अकिबले ३५ बल खेल्दै ४ चौका र ४ छक्का मदतमा सर्वाधिक ६३ रन बनाएका थिए भने कप्तान जिसान मक्सुदले १६ बलमा २६ रन बनाए । त्यस्तै सिंगापुरका लागि जनक प्रकाश, रमशे कालिमुथु र अनिश परमले समान दुई विकेट लिए ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?