Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

आईसीसी टी-२० विश्वकप छनोटमा ओमानको लगातार दोस्रो जित


काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो । पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमान सेमिफाइनल नजिक पुगेको छ । ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ र मनप्रित सिंहले ३१ रन बनाए भने बलिङमा ओमानका बिलाल खान र फयज बटले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले अकिब इल्यासको अर्धशतक मदतमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । अकिबले ३५ बल खेल्दै ४ चौका र ४ छक्का मदतमा सर्वाधिक ६३ रन बनाएका थिए भने कप्तान जिसान मक्सुदले १६ बलमा २६ रन बनाए । त्यस्तै सिंगापुरका लागि जनक प्रकाश, रमशे कालिमुथु र अनिश परमले समान दुई विकेट लिए ।


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?