Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

ओमान र हङकङ विजयी


१३ ,कात्तिक ,काठमाडौँ । आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज यहाँ भएका दुई छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा ओमान र मलेसियाबीचको खेलमा ओमान ३२ रनले विजयी भयो । ओमानले जितका लागि दिएको एक सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २१ रनमा समेटियो ।

मलेसियाका लागि वीरनदीप सिंहले ५३ बलमा २ चौका र दुई छक्कासहित ५७ रनमा अविजित रहे । त्यस्तै जुबैदी जुल्फिकीले १४, अहमद फैजले १३ तथा स्याजरुल एजात इद्रुसले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

ओमानका लागि बिलाल खान र जिशान मकसुदले समान दुई/दुई विकेट लिए भने फयाज बट, सकिल अहमद, आयन खान र अकिब इलियासले समान एक/एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशान मकसुदले पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए ।

त्यस्तै मोहम्मद नदीमले ११ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाउँदै अविजित रहे । ओपनर कश्याप प्रजापतिले २५, प्रतीक अथवले १२, अकिब इलियासले आठ, शोएब खानले चार तथा मेहरान खान १५ रन बनाए ।

मलेसियाका विरनदीप सिंहले तीन विकेट लिए भने पवनदीप सिंह, रिजवान हैदर र विजय उन्नीले समान एक/एक विकेट लिए ।

हङकङ १६ रनले विजयी 

मुलपानी क्रिकेट मैदानमा आजै भएको खेलमा हङकङले कुबेतलाई १६ रनले पराजित गरेको छ । हङकङले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको कुबेत निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५० रनमा समेटियो ।

पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६६ रन बनायो । उसका लागि मार्टिन कोट्जीले सर्वाधिक ८१ रन बनाए भने बाबर हयातले ३१ र निजाकत खानले २५ रनको योगदान दिए ।

कुबेतका लागि सैयद मुनिवले दुई तथा मोहम्मद साफिक, मोहम्मद अस्लम र सिराज खानले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको कुबेतको सुरुआत खराब रह्यो । उसले चौथो ओभरमै सुरुआती तीन विकेट गुमाएपछि दबाबमा पर्‍यो । उसका लागि उसमान पटेल र मोहम्मद अस्लामले पारी सम्हाल्ने प्रयास गरे पनि जीतका लागि भने पर्याप्त भएन । अस्लामले ५२ र पटेलले २९ रन बनाए । यी दुवैले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे । कुबेतका लागि विलाल ताहिरले ३६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

हङकङका लागि अजिज खानले तीन, एहसान खान र आयुष शुक्लाले दुई/दुई विकेट लिए ।

यसअघि आज विहान भएका खेलमा समूह ‘ए’ अन्तर्गत नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो भने समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा यूएईले बहराइनलाई पाँच विकेटले पराजित गरेको थियो ।

आज भएका चार वटा खेलपछि अङ्क तालिकामा समूह ‘ए’ मा एक/एक जितका साथ नेपाल पहिलो र ओमान दोस्रो स्थानमा छन् भने मलेसिया र सिंगापुर क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

समूह ‘बी’ मा एक/एक जीतका साथ हङकङ र यूएई क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् भने हारसँगै बहराइन र कुबेत क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?