Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

रुकुम पश्चिम जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना


१३ ,कात्तिक ,रुकुम । जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ । विसं २०४५ मा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो ।

योसँगै जिल्लामा ब्लड बैंकको सङ्ख्या दुई पुगेको छ । यसअघि चौरजहारीमा ब्लड बैंक सञ्चालनमा आइसकेको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार रूपान्तर नेपाल भक्तपुर, मुसिकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिम लगायतका संस्थाको सहयोगमा अस्पतालमा ब्लड बैंक स्थापना गरिएको हो ।

ब्लड बैंकका लागि रूपान्तर नेपालले रु ३० लाख बराबरका विभिन्न १० प्रकारका सामग्री तथा उपकरण सहयोग गरेको छ । रूपान्तर नेपालले ग्रेस मिसन सिङ्गापुरको सहयोगमा ब्लड बैंकका लागि आवश्यक सामग्री मुसिकोट नगरपालिकालाई हस्तान्तरण गरेको थियो भने नगरपालिकाले अस्पताललाई हस्तान्तरण गरेको हो ।

उक्त सामग्री सहयोग पाएपछि कर्मचारी तथा आवश्यक भौतिक संरचनाको व्यवस्थापन गरेर ब्लड बैंक स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बैंकका लागि छुट्टै भवनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

ब्लड बैंक स्थापना भएपछि अब जिल्ला अस्पतालमा आउने रगतको आवश्यकता पर्ने बिरामीलाई सहज भएको छ । अस्पताल स्थापना भएको वर्षौँसम्म पनि ब्लड बैंक नहुँदा रगतको आवश्यकता पर्ने बिरामी मारमा पर्दै आएका थिए । रगतको आवश्यकता सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा बिरामीका आफन्त वा अन्य व्यक्तिलाई गुहारेर पूर्ति गर्ने गरिएको थियो ।

ब्लड बैंक उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र जिल्ला बाहिर जानु नपरोस् भनेर ब्लड बैंक स्थापनाका लागि नगरपालिका गम्भीरताका साथ लागेको जानकारी गराए ।

अस्पतालमा विशेषज्ञ सेवा सुचारु भइरहेकाले रगतको अभाव भएको अवस्थामा नगरपालिका गम्भीर बनेको र त्यसैको फलस्वरूप आज ब्लड बैंक स्थापना गर्न सफल भएको उनको भनाइ छ ।

नगरपालिका आफैले मात्र लगानी गरेर ब्लड बैंक सञ्चालन गर्न सम्भव नदेखिएपछि नगरपालिकाले दातृ निकायलाई गुहारेको उनले जानकारी दिए । ब्लड बैंकस्थापनासँगै रक्तदान सुरु भएको छ । आज पहिलो दिन सात जनाले रक्तदान गरेको बताइएको छ । त्यसमध्ये दुई जना बिरामीलाई रगत चढाइएको छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?