Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

खेलाडी चोखाललाई नगदसहित सम्मान


१३ ,कात्तिक ,म्याग्दी । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको क्लबले रु २५ हजार नगद पुरस्कारसहित सम्मान गरेको छ ।

बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी हुन् । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लबले चोखाललाई पुरस्कृत र सम्मानित गरेको हो ।

क्लबका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा चोखाललाई नगद र सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । चोखाल गण्डकीको टिममा सेटरको भूमिकामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् ।

उनले आफ्नो व्यक्तिगततर्फबाट नेप्टेचौरको युवा क्लबलाई दुई थान भलिबलसहित रु ७२ हजार मूल्य बराबरको खेल सामग्री पनि उपलब्ध गराएका छन् ।

प्रतिभावान् खेलाडी चोखाललाई प्रोत्साहन र हौसला प्रदान गर्न सम्मान गरेको बेलमोन्ट भलिबल क्लबका प्रतिनिधि सुवेदीले बताए ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?