Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३ माघ २०८२, शनिबार
३ माघ २०८२, शनिबार

सभामुख घिमिरेसँग महासचिव गुटेरेसको भेटवार्ता


१२ ,कात्तिक ,काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

बानेश्वरस्थित संसद् भवनमा आज भएको भेटवार्तामा सभामुख घिमिरले महासचिव गुटेरेसलाई नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्याउन आफूहरु प्रतिबद्ध रहेको जानकारी गराए ।

उहाँले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको अवगत गराउँदै अब निकट भविष्यमै ऐन निर्माण हुने अपेक्षा व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरेले नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित र आफैँले नेतृत्व गरी शान्ति प्रक्रिया निष्कर्षमा पु¥याएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसङ्घीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको बताएका थिए ।

सभाुमख घिमिरेले भने, “नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया सन् २००६ मा सरकार र तत्कालीन विद्रोही पक्षबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित छ ।”

उनले नेपाल भगवान् गौतम बुद्धको देश भएको र नेपाली शान्तिप्रिय रहेको जानकारी गराउँदै नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धि विश्वका लागि नै मोडेल बन्न सक्छ भन्ने आफूलाई लागेको जानकारी गराए ।

विश्वका कतिपय देशहरुमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टीकृत प्रयासहरु उदाहरण बन्न सक्ने पनि सभामुख घिमिरेको भनाइ थियो ।

“विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ हामीले अहिलेसम्म भोगेको सबैभन्दा ठूलो मानवीय चुनौतीका रुपमा रहेको छ”, सभामुख घिमिरेले भने, “नेपालले संयुक्त राष्ट्रसङ्घ र यसका एजेन्सी तथा निकायहरुलाई विशेषतः कोभिड–१९ को अति जोखिमपूर्ण र कठिन समयमा उपलब्ध गराएको सहयोग र सहायताका लागि विशेष आभार प्रकट गर्न चाहन्छु ।”

सभामुख घिमिरेले जलवायु परिवर्तनसम्बन्धी विषय नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै एक भूपरिवेष्टित पर्वतीय तथा न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएर पनि नेपालले जलवायु परिवर्तनको असमानुपातिक असर व्यहोर्नु परिरहेको बताए ।

उनले महिला तथा बालबालिका जलवायु परिवर्तनको गम्भीर असरबाट झनै बढी प्रभावित भएका हुँदा संयुक्त राष्ट्रसङ्घीय प्रणालीको प्रभावकारिता अभिवृद्वि गर्न महासचिव गुटेरेसले चाल्नुभएको कदमको स्वागत गरे ।

सभामुख घिमिरेले भने, “नेपालको संसद्को नियमावलीमा नै राष्ट्रसङ्घका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको छ, तपाईंको सम्बोधनलाई नेपाली जनताले पनि चासोका साथ हेरेका छन् ।”

त्यस भेटका अवसरमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन राष्ट्रसङ्घ आवश्यक सहयोग गर्न तयार बताए । साथै महासचिव गुटेरेसले सङ्क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।


प्रकाशित मिति: १२ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?