Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नेप्से परिसूचकमा गिरावट जारी


१२ ,कात्तिक ,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ९४ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल २७ लाख १२ हजार एक सय २३ कित्ता शेयर रु ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड आठ लाख ५६ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भए ।

यस्तै, हाथवे इन्भेस्टमेन्ट नेपाल रु दुई करोड ४७ लाख २७ हजार ,सिटिजन लाइफ इन्स्योरेन्स रु दुई करोड ३० लाख चार हजार एक सय ८३, नविल बैंक रु दुई करोड १७ लाख ३७ हजार छ सय ५२ र घोराही सिमेन्ट रु एक करोड ९९ लाख एक हजार चार सय ३४ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार माथिल्लो सोलु हाइड्रो आठ दशमलब ९९, सिवाइसी नेपाल लघुवित्त छ दशमलब ६०, घलैम्दी हाइड्रो पाँच दशमलब ७१, बीपीडब्ल्यू लघुवित्त पाँच दशमलब ६२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलब ६७ प्रतिशतले कमाएका छन् ।

यस्तै, सोनापुर मिनरल्स १०, नेशनल हाइड्रोपावर सात दशमलब ९२, एनआइबीएल प्रगति फण्ड पाँच दशमलब ५७, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलब ५३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३३ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: १२ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?