Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन


९ ,कात्तिक ,दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ ।

दसैँको अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा वाम भेटघाटका क्रममा कार्यदल गठन गरिएको हो ।

शुक्लागण्डकी नगरपालिकामा क्रियाशील कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत वाम बुद्धिजीविको भेलाले एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्तिनाथ तिमिल्सिनाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यक्रममा शुभकामना आदानप्रदानसँगै वाम आन्दोलनको चर्चा, समीक्षा र पुनः वाम एकताको सम्भावना र आवश्यकताबारे गहन छलफल भएको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले बताए ।

सो अवसरमा वाम बुद्धिजीवि शेषमणि आचार्य, माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, एमालेका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले वाम एकता अहिलेको आवश्यकता रहेको औंल्याए ।


प्रकाशित मिति: ९ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?