Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन


९ ,कात्तिक ,दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ ।

दसैँको अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा वाम भेटघाटका क्रममा कार्यदल गठन गरिएको हो ।

शुक्लागण्डकी नगरपालिकामा क्रियाशील कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत वाम बुद्धिजीविको भेलाले एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्तिनाथ तिमिल्सिनाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यक्रममा शुभकामना आदानप्रदानसँगै वाम आन्दोलनको चर्चा, समीक्षा र पुनः वाम एकताको सम्भावना र आवश्यकताबारे गहन छलफल भएको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले बताए ।

सो अवसरमा वाम बुद्धिजीवि शेषमणि आचार्य, माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, एमालेका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले वाम एकता अहिलेको आवश्यकता रहेको औंल्याए ।


प्रकाशित मिति: ९ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?