Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट


४ ,कात्तिक ,काठमाडौँ । उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ ।

नेपाल २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो । लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो । जसमा जापानले २२ ओभरमा जितका लागि एक सय ८७ रनको लक्ष्य पाएको थियो ।

जवाफमा जापान ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो । जापानका शोतारो हिरात्सुकाले १५ र किफर यामामोटोले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभाष भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारे । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको थियो ।

नेपालका लागि दीपक बोहोराले ७९ रन जोडे । उनले ७० बलमा १० चौका र २ छक्काको मद्दतमा ७९ रन बनाएका हुन । त्यस्तै, दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । आकाश त्रिपाठीले ३५ रन बनाए भने अर्जुन कुमाल १० तथा कप्तान देव खनाल ८ रन जोडेका थिए ।

अब नेपालले यही कात्तिक ७ गते हुने फाइनल खेलमा युएईको सामना गर्नेछ । युएईले अर्को सेमिफाइनलमा खेलमा सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको हो ।


प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?