Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कृषिप्रतिको आकर्षण बढाउन प्रदर्शनी मेला


पोखरा महानगरपालिका–१३ को आयोजना एवं महानगरपालिकाको कृषि महाशाखाको साझेदारीमा एक दिने बृहत् कृषि मेला प्रदर्शनी गरिएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को समन्वयमा गरिएको प्रदर्शनीमा वडाभित्रका विभिन्न कृषक समूहबाट आआफ्ना कृषिजन्य उत्पादन प्रदर्शनमा राखेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । कृषिप्रति सर्वसाधारणलाई आकर्षित गराउन मेला आयोजना गरिएको उल्लेख गर्दै उहाँले वडाभित्र बाँझा जग्गामा खेती गर्दै कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नु जरुरी रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कृषि क्षेत्रमा गरिने मेला तथा प्रदर्शनीले कृषकको क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताउनुभयो । खाली जग्गा राख्नुभन्दा त्यसमा उत्पादनका लागि अर्कालाई खेती गर्न दिने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । पोखरा महानगरपालिका–१३ कृषि सञ्जालका अध्यक्ष नरेन्द्र अधिकारीले कृषक उत्पादनको मूल्य नपाउँदा समस्यामा पर्ने गरेको बताउनुभयो । वडाभित्रका ४० प्रतिशत जग्गा अझै बाँझो रहेको बताउँदै उहाँले कृषिमा आकर्षण हुने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रदर्शनीमा पुतली तरुल, कान्छी चैतेजस्ता लोपोन्मुख प्रजातिका कृषिजन्य उत्पादनसहितका सामग्री राखिएको छ । मेलाकै अवसरमा रैथाने बालीका परिकारको प्रदर्शनीसहित माटो परीक्षण तथा बाली उपचार शिविर पनि आयोजना गरिएको छ । मेला विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीलाई पनि अवलोकन गराइएको थियो ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?