Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

कृषिप्रतिको आकर्षण बढाउन प्रदर्शनी मेला


पोखरा महानगरपालिका–१३ को आयोजना एवं महानगरपालिकाको कृषि महाशाखाको साझेदारीमा एक दिने बृहत् कृषि मेला प्रदर्शनी गरिएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को समन्वयमा गरिएको प्रदर्शनीमा वडाभित्रका विभिन्न कृषक समूहबाट आआफ्ना कृषिजन्य उत्पादन प्रदर्शनमा राखेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । कृषिप्रति सर्वसाधारणलाई आकर्षित गराउन मेला आयोजना गरिएको उल्लेख गर्दै उहाँले वडाभित्र बाँझा जग्गामा खेती गर्दै कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नु जरुरी रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कृषि क्षेत्रमा गरिने मेला तथा प्रदर्शनीले कृषकको क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताउनुभयो । खाली जग्गा राख्नुभन्दा त्यसमा उत्पादनका लागि अर्कालाई खेती गर्न दिने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । पोखरा महानगरपालिका–१३ कृषि सञ्जालका अध्यक्ष नरेन्द्र अधिकारीले कृषक उत्पादनको मूल्य नपाउँदा समस्यामा पर्ने गरेको बताउनुभयो । वडाभित्रका ४० प्रतिशत जग्गा अझै बाँझो रहेको बताउँदै उहाँले कृषिमा आकर्षण हुने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रदर्शनीमा पुतली तरुल, कान्छी चैतेजस्ता लोपोन्मुख प्रजातिका कृषिजन्य उत्पादनसहितका सामग्री राखिएको छ । मेलाकै अवसरमा रैथाने बालीका परिकारको प्रदर्शनीसहित माटो परीक्षण तथा बाली उपचार शिविर पनि आयोजना गरिएको छ । मेला विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीलाई पनि अवलोकन गराइएको थियो ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?