Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मकवानपुर राजस्व कार्यालयद्वारा रु छ अर्ब ६० करोड असुली


४ ,कात्तिक ,मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ ।

उक्त कार्यालयले अन्तः शुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार र मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार सङ्कलन गरेको छ ।

यसैगरी, आयकरतर्फ रु एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली भएको छ भने रु दुई करोड ५१ लाख ६१ हजार बहाल कार, ब्याज करमा छ करोड ३५ हजार, स्वास्थ्य सेवा करमा ६६ करोड ४० लाख ७५ हजार र शिक्षा सेवाकरबापत रु सात हजार मात्र असुली गरिएको सो कार्यालयले जनाएको छ ।

अघिल्लो आव २०७८/७९ को तुलनामा यसवर्ष २०७९/८० मा वार्षिक लक्ष्यभन्दा रु ३३ करोड १४ लाख ४० हजार राजस्व थप सङ्कलनमा वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार, सङ्कलित राजस्वमध्ये हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग, शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट उद्योग, विभिन्न निर्माण आयोजना र व्यापारीबाट राजस्व सङ्कलनमा उल्लेखनीय सुधार भई राजस्व असुलीमा निकै तीव्रता ल्याइएको जानकारी दिए ।


प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?