Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मकवानपुर राजस्व कार्यालयद्वारा रु छ अर्ब ६० करोड असुली


४ ,कात्तिक ,मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ ।

उक्त कार्यालयले अन्तः शुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार र मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार सङ्कलन गरेको छ ।

यसैगरी, आयकरतर्फ रु एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली भएको छ भने रु दुई करोड ५१ लाख ६१ हजार बहाल कार, ब्याज करमा छ करोड ३५ हजार, स्वास्थ्य सेवा करमा ६६ करोड ४० लाख ७५ हजार र शिक्षा सेवाकरबापत रु सात हजार मात्र असुली गरिएको सो कार्यालयले जनाएको छ ।

अघिल्लो आव २०७८/७९ को तुलनामा यसवर्ष २०७९/८० मा वार्षिक लक्ष्यभन्दा रु ३३ करोड १४ लाख ४० हजार राजस्व थप सङ्कलनमा वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार, सङ्कलित राजस्वमध्ये हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग, शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट उद्योग, विभिन्न निर्माण आयोजना र व्यापारीबाट राजस्व सङ्कलनमा उल्लेखनीय सुधार भई राजस्व असुलीमा निकै तीव्रता ल्याइएको जानकारी दिए ।


प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?