Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

करोडौं ठगी गर्ने शाहविरुद्ध कानुनी कार्वाहीमा उत्रिए सिआईबी


केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ । ब्यूरोले आज यहाँ पत्रकार सम्मेलन गरी आरोपित शाह र उनका सहयोगीहरुमाथिको अनुसन्धान सकिएको जानकारी दियो । शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनीको स्थापना गरी विदेशी नागरिकहरुलाई एन्टी भाइरस अपडेट, अमाजोनको बिल भुक्तानी जस्ता निहूँमा इमेलमार्फत सम्पर्क स्थापित गरी ठगी गर्ने गरेको अनुसन्धानबाट भेटिएका थियो ।

पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार त्यस समूहले पीडितलाई फोन सम्पर्क गरी नियमित गतिविधिको निगरानी गर्ने र अन्तर्राष्ट्रिय पद्धति भएकाले ‘रिमोट एक्सेस’ दिनुपर्छ भनी पीडितलाई विश्वासमा पारेर डिभाइसमा नक्कली बैंक स्टेटमेन्ट पठाई रकम जम्मा भएको देखाउने र उक्त रकम फिर्ता गर्न लगाई ठगी गर्ने गरेको थियो । त्यस समूहले विशेष गरी क्यान्सर पीडित तथा जेष्ठ नागरिकहरुलाई लक्ष्य बनाएको थियो । पृथ्वी बहादुर शाह सम्बद्ध रहेको कम्पनी तथा व्यक्तिहरुको बैंक खाताहरुमा विदेशी नागरिकहरुलाई ठगी गरी ‘स्वीफ्ट’ मार्फत जम्मा गर्न लगाएको विदेशी मुद्राको रुपान्तरित नेपाली रुपैयाँ ३८ करोड ८६ लाख ६२ हजार मध्येबाट निज पृथ्वी बहादुर शाहले जग्गा खरिद, घर निर्माण, शेयर तथा सुन खरिद गर्नाका साथै कम्पनी दर्ता तथा बीमा लगायतका क्षेत्रहरुमा लगानी गर्ने गरेको प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिनुभयो । ठगी र संगठित अपराधका आरोपित पृथ्वी बहादुर शाह र विजय विक्रम शाहसमेत ७ जनालाई पक्राउ गरिसकिएको छ ।

अन्य १३ जना भने फरार छन् । अनुसन्धानका क्रममा उनीहरुबाट पीडित भएकाहरुको सङ्ख्या ५६ जना रहेको भेटिएको थियो भने उनीहरुविरुद्ध २४ बटा जाहेरी वा सूचना प्राप्त भएको थियो ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?