Trending
>>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:… >>   ओली र बालेन ‘दुवै अतिवादी’: गगन थापा >>   बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल >>   जनार्दन शर्माको ‘नयाँ सपना’: रुकुममा समृद्धिको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता >>   मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने: अन्य सरकारी कागजात पनि मान्य >>   सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्नुस् : राजेन्द्र लिङदेन
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल


राँझा, बाँके । दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटककोे चहलपहल निकै बढिरहेको छ । वर्षायाममा सुनसान रहेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताएक छन् । उनका अनुसार बाँके र बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा होमस्टेमा पाहुना घुम्न आउने गरेका छन् भने मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो रहेको छ । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब पाँच सय पर्यटक पुग्ने गरेका छन् भने वर्षात्मा सुनसान हुन पुगेको उक्त होमस्टेमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको अध्यक्ष चौधरीको भनाइ रहेको छ ।

काठमाडौंमा अध्ययन गर्दै आएका नेपालगन्ज–२० राँझा निवासी विशाल शर्मा दसैँ बिदामा घर आएको बेला होमस्टेको स्वाद चाख्न गाभर पुगेको बताए । दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटकहरू होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारूले बताए । त्यस्तै बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको र दसैँमा घुम्न आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरेको नयाँगाउँ सात नं होमस्टेकी सञ्चालक शोभी थारूले बताईंन् ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?