Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

इजरायलबाट फर्किएका अमेरिकी राष्ट्रपतिले देशवासीलाई के सम्बोधन गरेका छन्


काठमाडौं ।  द्वन्द्वग्रस्त देश इजरायल भ्रमणबाट फर्किएका अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले हमास र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जोडेका छन् । उनले हमास र पुटिन दुबैबाट अलग–अलग खतरा छ, तर दुबैमा एउटा समानता छ । दुबै छिमेकमा लोकतन्त्रलाई समाप्त पार्न चाहन्छन् भनेका छन् ।इजरायल भ्रमणका क्रममा बाइडेनले हमासको आक्रमणबाट पीडित मानिसहरुलाई पनि भेटेका थिए । उनले राष्ट्रपतिका रुपमा मेरा लागि बन्धक बनाइएका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो केही छैन, इजरायल–हमास संघर्षमा दुबैतर्फबाट प्रभावित आम मानिसप्रति समवेदना व्यक्त गरेका छन् । आम मानिसहरुलाई दुबै निकै टाढा लडिरहेकाले यसको के अर्थ हुन्छ र भन्ने लाग्न सक्ने बताउदै अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि पनि इजरायल र युक्रेन सफल हुन जरुरी रहेको समेत बताए ।

इजरायल र युक्रेनलाई सहयोग नगर्नु उपयुक्त नभएको भन्दै उनले अमेरिकी कांग्रेसलाई उपयुक्त कदम चाल्न र आर्थिक सहायता प्याकेज पास गर्न आग्रह गरेका छन् । सम्बोधनका क्रममा उनले यो यस्तो समय हो, जुन बेला हामीले लिने निर्णयले आगामी दशकको भविश्य तय गर्ने छ भनेका छन् । उनले हालै गाजाको अस्पतालमा भएको आक्रमणबाट आफू निकै दुःखी भएको समेत उनले बताए ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?