Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

दशैंको बेला घर फर्किनेहरुको लर्को (फोटोफिचर):-


काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्रमा गाउँ फर्किनेहरुको भीडभाड रहेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट दैनिक झण्डै एक लाख जना बाहिरिने गरेको जनाएका छन् । यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष संचालन समेत गरेका छन् ।

त्यसैगरी कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर गन्तव्यसम्म पुगिरहेका छन् । विभिन्न जिल्लाबाट रित्तै काठमाडौं आइरहेका गाडीहरु काठमाडौंबाट फर्किने बेला भने भरीभराउ हुने गरेका छन् । यस्तो अवस्थामा प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन सबैलाई अनुरोध समेत गरेको छ ।

 


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?