Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको नयाँ भवन बन्ने


भरतपुर । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । उक्त भवन रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताए । उनले भरतपुर आँखा अस्पतालको रु छ करोड, नेत्रज्योति सङ्घको रु एक करोड र अन्य रकम दाताबाट चन्दा सङ्कलन गरेर भवन निर्माण गरिएको बताएक छन् । नेपाल नेत्रज्योति सङ्घका सभापति एवं अस्पतालका अध्यक्ष जयराम श्रेष्ठका अनुसार तीन तले उक्त भवनमा शल्यक्रिया कक्ष, ओपिडी (बहिरङ्ग विभाग) बाल उपचार कक्ष (पेडियाट्रिक वार्ड) सञ्चालन हुने र अस्पताललाई आवश्यक उपकरण भने हेल्पिङ हेण्ड संस्थाले दिने उनले जानकारी दिए ।

तिहारलगत्तै नयाँ भवनबाट सेवा सुरु हुने उनले जानकारी दिदै नयाँ भवनबाट सेवा सुरु भएसँगै सेवाग्राहीले थप गुणस्तरीय सेवा पाउने उनको भनाइ छ । विसं २०४४ चैत १८ गतेबाट अस्पताल सञ्चालनमा आएको र मुख्य अस्पताल भरतपुर महानगरपालिका–१० मा भइ यही ठाउँमा भवन निर्माण गरिएको हो । यसका अतिरिक्त भरतपुर ओरालोमा पनि अस्पतालमा सञ्चालनमा छ । यसबाहेक तीन सेकेण्डरी अस्पताल र १३ आँखा उपचार केन्द्र यस अस्पताल मातहत छन् । उनका अनुसार अस्पतालमा आएका बिरामी र शिविरमार्फत बिरामीलाई सेवा दिँदै आएको छ । यो अस्पतालले चितवनसहित छिमेकी विभिन्न जिल्लामा सेकेण्डरी अस्पताल, आँखा उपचार केन्द्र र शिविरमार्फत सेवा दिँदै आएको छ भने अस्पतालले एक वर्षमा तीन लाख हाराहारीलाई उपचार सेवा दिँदै आएको छ ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?