Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

राष्ट्र संघको सचिवालयको सहयोगमा मातातिर्थमा संचालित अन्तरदेशीय तालिम समापन


काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक ०२ गते समापन गर्नुभएको छ ।

महानिरीक्षक कुँवरले तालिम संचालनको लागि सहयोग पुर्‍याउनुहुने संयुक्त राष्ट्र संघको सचिवालय लगायत सम्बन्धित संघसंस्था र निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै यस तालिमले अधिकृतहरुको प्रशिक्षकको रुपमा सिकाउने कला र क्षमतालाई बृद्धि गरेको र भविष्यमा शान्ति मिसनमा खटिने अधिकृतहरुको क्षमता अभिबृद्धि गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

United Nations Police Division and Integrated Training Service र The US Department of State Bureau of International Narcotics and Law Enforcement Affairs (INL) को सहकार्यमा सो तालिम संचालन भएको हो ।

गत असोज १६ गतेबाट संचालन भएको तालिममा बंगलादेश, भुटान, फ्रान्स, भारत, मंगोलिया, नेपाल र श्रीलंका गरी ७ देशका १८ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा बिशिष्ट अतिथि चिप्स अफ एसपीसी एनमेरी ओरर, निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्ग, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?