Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राष्ट्र संघको सचिवालयको सहयोगमा मातातिर्थमा संचालित अन्तरदेशीय तालिम समापन


काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक ०२ गते समापन गर्नुभएको छ ।

महानिरीक्षक कुँवरले तालिम संचालनको लागि सहयोग पुर्‍याउनुहुने संयुक्त राष्ट्र संघको सचिवालय लगायत सम्बन्धित संघसंस्था र निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै यस तालिमले अधिकृतहरुको प्रशिक्षकको रुपमा सिकाउने कला र क्षमतालाई बृद्धि गरेको र भविष्यमा शान्ति मिसनमा खटिने अधिकृतहरुको क्षमता अभिबृद्धि गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

United Nations Police Division and Integrated Training Service र The US Department of State Bureau of International Narcotics and Law Enforcement Affairs (INL) को सहकार्यमा सो तालिम संचालन भएको हो ।

गत असोज १६ गतेबाट संचालन भएको तालिममा बंगलादेश, भुटान, फ्रान्स, भारत, मंगोलिया, नेपाल र श्रीलंका गरी ७ देशका १८ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा बिशिष्ट अतिथि चिप्स अफ एसपीसी एनमेरी ओरर, निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्ग, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?