Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

स्मार्ट विद्युत् मिटर जडानलाई तीव्र बनाउँदै प्राधिकरण


३ ,कात्तिक ,नारायणगढ (चितवन) । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले थ्री फेज मिटर जडान गरिएका ग्राहकको स्मार्ट विद्युत् मिटर बक्स जडानको कामलाई तीव्र बनाएको छ । विद्युत् चुहावट नियन्त्रण गर्ने र प्राधिकरणलाई अनलाइन प्रणालीमा ल्याउने उद्देश्यका साथ मिटरबक्स परिवर्तन गरिएको हो ।

केन्द्रका इन्जिनियर रुद्रराज विष्टका अनुसार स्मार्ट ग्रीड एण्ड मिटरिङ आयोजनाले थ्री फेज लाइन जडान भएका स्थानमा स्मार्ट मिटरबक्स जडानको काम गरेको हो । यस वर्ष पाँच सयवटा मिटर परिवर्तन गरिसकिएको छ ।

योसँगै दुई हजार एक सयवटा स्मार्ट मिटरबक्स जडान गरिएको हो । मिटरबक्समा डाटा सञ्चालनका लागि सिमकार्डको प्रयोग गरिन्छ । यसले मिटर रिडिङ गर्न सहज बनाउने उनले बताए । औद्योगिक क्षेत्र र थ्री फेज लाइन जडान गरिएका ग्राहककामा मिटरबक्स परिवर्तन गर्न लागिएको हो ।

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जिल्लामा थ्री फेज मिटर जडान गरेका चार हजार स्थानमा यो मिटरबक्स प्रयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “लाइन काट्न र जडान गर्न सहज हुने छ ।

मनिटरिङको काम कार्यालयबाटै गर्न सकिने छ ।” विसं २०७८ देखि जडानको काम सुरु गरेको भएपनि अहिले यसलाई प्रभावकारीरूपमा अघि बढाइएको उनले जानकारी दिए । मिटर रिड आवश्यक नपर्ने हुँदा खर्चसमेत कम हुने उहाँले बताउनुभयो । स्मार्ट मिटर जडान गरिएको ठाउँमा एसएमएसमार्फत विद्युत् महसुलको बिल पठाउने व्यवस्थासमेत गरिएको छ ।

प्राधिकरणलाई अनलाइन प्रक्रियामा ल्याउनका लागि यो बक्स जडान गरिएको उनले जानकारी दिए । उपभोक्ताले विद्युत्को महसुल तिरे/नतिरेको समेत कार्यालयमै बसेर हेर्न मिल्ने उनले बताए । विद्युत् खपतको वास्तविकतासमेत हेर्न सकिने गरी यो बक्स जडान गरिएको हो । उनले भने, “उपभोक्ताले मिटर हेरेर जानकारी लिन सक्छन् ।”


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?