Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

स्मार्ट विद्युत् मिटर जडानलाई तीव्र बनाउँदै प्राधिकरण


३ ,कात्तिक ,नारायणगढ (चितवन) । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले थ्री फेज मिटर जडान गरिएका ग्राहकको स्मार्ट विद्युत् मिटर बक्स जडानको कामलाई तीव्र बनाएको छ । विद्युत् चुहावट नियन्त्रण गर्ने र प्राधिकरणलाई अनलाइन प्रणालीमा ल्याउने उद्देश्यका साथ मिटरबक्स परिवर्तन गरिएको हो ।

केन्द्रका इन्जिनियर रुद्रराज विष्टका अनुसार स्मार्ट ग्रीड एण्ड मिटरिङ आयोजनाले थ्री फेज लाइन जडान भएका स्थानमा स्मार्ट मिटरबक्स जडानको काम गरेको हो । यस वर्ष पाँच सयवटा मिटर परिवर्तन गरिसकिएको छ ।

योसँगै दुई हजार एक सयवटा स्मार्ट मिटरबक्स जडान गरिएको हो । मिटरबक्समा डाटा सञ्चालनका लागि सिमकार्डको प्रयोग गरिन्छ । यसले मिटर रिडिङ गर्न सहज बनाउने उनले बताए । औद्योगिक क्षेत्र र थ्री फेज लाइन जडान गरिएका ग्राहककामा मिटरबक्स परिवर्तन गर्न लागिएको हो ।

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जिल्लामा थ्री फेज मिटर जडान गरेका चार हजार स्थानमा यो मिटरबक्स प्रयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “लाइन काट्न र जडान गर्न सहज हुने छ ।

मनिटरिङको काम कार्यालयबाटै गर्न सकिने छ ।” विसं २०७८ देखि जडानको काम सुरु गरेको भएपनि अहिले यसलाई प्रभावकारीरूपमा अघि बढाइएको उनले जानकारी दिए । मिटर रिड आवश्यक नपर्ने हुँदा खर्चसमेत कम हुने उहाँले बताउनुभयो । स्मार्ट मिटर जडान गरिएको ठाउँमा एसएमएसमार्फत विद्युत् महसुलको बिल पठाउने व्यवस्थासमेत गरिएको छ ।

प्राधिकरणलाई अनलाइन प्रक्रियामा ल्याउनका लागि यो बक्स जडान गरिएको उनले जानकारी दिए । उपभोक्ताले विद्युत्को महसुल तिरे/नतिरेको समेत कार्यालयमै बसेर हेर्न मिल्ने उनले बताए । विद्युत् खपतको वास्तविकतासमेत हेर्न सकिने गरी यो बक्स जडान गरिएको हो । उनले भने, “उपभोक्ताले मिटर हेरेर जानकारी लिन सक्छन् ।”


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?