Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


३ ,कात्तिक ,दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आव २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेको हो ।

नेपालीको महान् पर्व बडादसैँ सुरु भइसकेको र ज्येष्ठ नागरिकले दसैँ खुसीसाथ मनाउन सकून् भन्ने उद्देश्यसहित घरदैलोमा नै पुगेर भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

उहाँका अनुसार ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग (क) वर्ग, अशक्त अपाङ्ग (ख) वर्ग, पाँच वर्षमुनिका बालबालिकालाई घरदैलोमा पुगी भत्ता वितरण थालिएको छ ।

उहाँले भन्नुभयो, “अशक्त व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गरेका छौ भने अन्यलाई घर नजिकको पायक पर्ने स्थानमा भेला गराई भत्ता वितरण गरिएको छ । दसैँका बेला भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् ।”

वडा नम्बर १ का अशक्त व्यक्तिलाई घरमा नै पुगेर भत्ता वितरण गरिसकिएको छ । त्यस्तै यही असोज २७ गते सोही वडाको देवीडाँडा आमा समूह भवन, २८ गते चन्द्रोदय माविमा भत्ता वितरण गरिएको छ ।

त्यस्तै वडा नम्बर २ को कोटगाउँ, पतेनी, एक्लेफाँट, पौवा, खोलागाउँमा असोज २६ गते, तिलबारी, नयाँगाउँ र डुम्रीखर्कमा असोज २७ गते भत्ता वितरण गरिएको छ भने ढापटार, नारीघाट, खानीखोलामा कात्तिक १ गते, अदुवाखर्क, ढकालटार, घोक्रिङ खर्कमा कात्तिक २ गते भत्ता वितरण गरिएको छ ।

वडा नम्बर ३ को आँबुगाउँ, कोटगाउँ, धारापानीमा असोज २९ गते, वडा नम्बर ४ को घ्याङसिङ, भाँगे, लोप्राङ, अक्लाङ, काफलडाँडामा असोज २७ गते, आमडाँडा, बेसी, खस्राङ, पूर्वबेँसी, दुवाबेँसी, साँखर, बेनीटार, वडा कार्यालय भवनमा असोज २८ गते भत्ता वितरण गरिएको छ ।

वडा नम्बर ५ को घुमाउने, बरालुङबेँसी, लाब्दी, भोटेश्वारा, भकुन्डी, वडा कार्यालय भवनमा कात्तिक १ गते, वडा नम्बर ६ को हिलेखर्क, पुर्लुङमा कात्तिक १ गते र प्युघर र रतनपुरमा कात्तिक २ गते भत्ता वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जनतालाई जसरी हुन्छ सेवा लिन सजिलो बनाउने बताए । अध्यक्ष चुमानका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झन्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको हो ।

उनले भने, “मैले चुनावमा जनता सामु गरेका वाचा पूरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण अभियानलाई निरन्तरता दिएको छु । पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कसरी सहजरुपमा गाउँमै भत्ता पुर्याउन सकिन्छ भन्ने थियो ।”

टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घन्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?