Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि


वीरगञ्ज । पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ वीरगञ्जमा हुन लागेको हो । उक्त प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज, भारतको कोलकत्ताको क्लाइभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सविन बस्नेतले जानकारी दिए । उनले प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने बताएका छन् ।


प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?