Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

अमेरिका निवासी अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान


काठमाडौं । अमेरिकाको बोस्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवि, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह एकैदिन दुई फरक कार्यक्रममा “साहित्य सम्मान-२०८०” बाट सम्मानित भएकी छिन्। डायस्पोरामा रहेर पनि नेपाली कला साहित्य गीत संगीत तथा चलचित्रको उत्थानको लागि विशेष योगदान पुर्याएको उच्च मूल्यांकन गर्दै उनलाई फरक फरक कार्यक्रममा एकैदिन दुई सम्मान गरिएको थियो।

पावर इनटरनेशनल मिडिया नेपाल (पीम नेपाल) को चौथो वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको उपलक्ष्यमा पीम नेपाल ‘साहित्य सम्मान-२०८०’ प्रदान गरिएको थियो भने त्यसैगरी म्युजिक खबर पाक्षिकको ७ औं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रमको अवसरमा म्युजिक खबर साहित्य सम्मान-२०८० मार्फत सम्मानित गरिएको छ।

अनु शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन्। विद्यालय जीवन देखिनै राष्ट्रिय नाँचघरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रङ्गमञ्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन् । उनले अमेरिकाको नर्थ ईस्टर्न विश्वविद्यालयबाट बालमनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।

सानैदेखि कला साहित्य क्षेत्रमा प्रवेश गरेकी प्रख्यात स्रष्टा अनु शाहको दुई सयभन्दा बेसी गीतहरू रेकर्ड भइसकेका छन् भने दुई दर्जन गीतका म्युजिक भिडियो समेत आफैले निर्माण गरिसकेकी छिन्। बहुप्रतिभाशाली लोकप्रिय गीतकार अनु शाहले लेखनसँगै अभिनय र चलचित्र निर्माण पक्षमा समेत उत्तिकै सशक्त भएर नेपाली कला, साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएकी छिन् ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?