Trending
>>   हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छः मन्त्री पाण्डे >>   काँग्रेसले खुट्टा डग्मगाए आदिवासी–जनाजातिका मुद्दा सकिन्छन्ः महामन्त्री थापा >>   आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा >>   गत आर्थिक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति >>   सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल >>   महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं– कप्तान मानमति बिष्ट >>   वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन >>   सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता >>   सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल >>   एमालेसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

रामेछाप कपको उपाधि धादिङलाई


३० ,असोज ,मन्थली (रामेछाप) । नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति रामेछापले आयोजना गरेको नेविसङ्घ कप–२०८० को उपाधि धादिङले जितेको छ ।

बागमती प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा धादिङले रामेछापलाई २२–२५, २५–२२, २५–१४, २३–२५ र १५–१२ ले जितेको हो ।

तृतीय स्थानका लागि ललितपुर र नुवाकोटबीच भएको खेलमा नुवाकोटले ललितपुरलाई २५–१७, २५–१७, २५–२५ ले जिती ललितपुर तेस्रो भएको छ ।

आइतबारदेखि मन्थलीमा सुरु भएको उक्त खेलमा बागमती प्रदेशका १० जिल्लाका खेलाडीको सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको उक्त खेलको उद्घाटन बागमती प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने खेलाडीलाई क्रमशः नगद रु दुई लाख, एक लाख ५० हजार, एक लाख र ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?