Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नेपाल आँखा अस्पतालद्वारा नि:शुल्क आँखा परीक्षण


३० ,असोज ,काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित दुईदिने निःशुल्क आँखा शिविरमा उनिहरूको आँखा जाँच गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले जानकारी दिए ।

शिविरमा दुई सय जनालाई निःशुल्क पढ्न, लेख्न सहयोग हुने चश्मासमेत उपलब्ध गराइएको थियो । उनले आगामी दिनमा यस्ता नेत्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिने बताए ।

‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराका साथ यस वर्षको विश्व दृष्टि दिवसका अवसर पारेर अस्पतालले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगको सहकार्यका बालाजु औद्योगिक क्षेत्रमा आयोजित शिविरमा पनि एक सय ६६ जनाको आँखा परीक्षण गरिएको थियो ।

विश्व दृष्टि दिवसकै अवसरमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा जितपुरको औराहास्थित आँखा उपचार केन्द्रमा शल्यक्रियासहितको शिविर सञ्चालन गरिएकामा त्यहाँ पाँच सय २१ जनाको आँखा जाँच गरिएको पनि अस्पतालका प्रशासन प्रमुख रमेश अधिकारीले बताए । त्यहाँ एक सय चार जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

आँखा अस्पालले बाराकै जितपुर–सिमरा औराहा र कागेश्वरी नगरपालिकाका दुईवटा सामुदायिक विद्यालयमा विद्यार्थीका लागि विद्यालय आँखा स्वास्थ्य कार्यक्रमसमेत सञ्चालन गरी नौ सय ९३ विद्यार्थीको नेत्र परीक्षणका साथै चश्मासमेत उपलब्ध गराएको उनले जानकारी दिए।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?