Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

नेपाल आँखा अस्पतालद्वारा नि:शुल्क आँखा परीक्षण


३० ,असोज ,काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित दुईदिने निःशुल्क आँखा शिविरमा उनिहरूको आँखा जाँच गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले जानकारी दिए ।

शिविरमा दुई सय जनालाई निःशुल्क पढ्न, लेख्न सहयोग हुने चश्मासमेत उपलब्ध गराइएको थियो । उनले आगामी दिनमा यस्ता नेत्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिने बताए ।

‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराका साथ यस वर्षको विश्व दृष्टि दिवसका अवसर पारेर अस्पतालले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगको सहकार्यका बालाजु औद्योगिक क्षेत्रमा आयोजित शिविरमा पनि एक सय ६६ जनाको आँखा परीक्षण गरिएको थियो ।

विश्व दृष्टि दिवसकै अवसरमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा जितपुरको औराहास्थित आँखा उपचार केन्द्रमा शल्यक्रियासहितको शिविर सञ्चालन गरिएकामा त्यहाँ पाँच सय २१ जनाको आँखा जाँच गरिएको पनि अस्पतालका प्रशासन प्रमुख रमेश अधिकारीले बताए । त्यहाँ एक सय चार जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

आँखा अस्पालले बाराकै जितपुर–सिमरा औराहा र कागेश्वरी नगरपालिकाका दुईवटा सामुदायिक विद्यालयमा विद्यार्थीका लागि विद्यालय आँखा स्वास्थ्य कार्यक्रमसमेत सञ्चालन गरी नौ सय ९३ विद्यार्थीको नेत्र परीक्षणका साथै चश्मासमेत उपलब्ध गराएको उनले जानकारी दिए।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?