Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ निर्माण


२८ ,असोज ,तनहुँ । बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटल सम्पन्न भइसकेको छ ।

होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ । करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ ।

सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ । होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधैँ ‘क्वीन टावर’सम्म जान सकिने व्यवस्था गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजमका प्रमुख इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिए ।

उनका अनुसार केबलकारको प्रवेशद्वारमा रू २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको जनाइएको छ ।

जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरिएको छ ।

एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले यात्रा गर्न सक्नेछन् । केबलकारको अहिले परीक्षण भइरहेको इञ्जिनियर पौडेलले बताए । केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा रहेका बताउँदै उनले एउटामा आठ जनासम्म यात्रु अटाउने क्षमता हुने जानकारी दिए ।

“एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ”, पौडेलले भने, “केबलभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिन सञ्चालन गर्ने योजना छ ।” उहाँका अनुसार केबलकारमा न्यूनतम रू ५० देखि रू २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।

पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाटमाथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई रू पचास, पत्रकारलाई रू तीन सय पचास, अन्य यात्रुका लागि रू पाँच सय, रेष्ट्रो क्याबिनको रू २५ हजार र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ ।

केबलकार र पाँचतारे होटल गरी कूल रू तीन अर्ब ५८ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको उनले बताए ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?