Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो


२८ ,असोज ,काठमाडौँ । मलेसियामा जारी उन्नाइस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।

बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो ।

नेपालको जितमा देव खनाल र अर्जुन कुमालले समान ३२÷ ३२ रनको योगदान दिए । देवले २७ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ३२ जोडेका हुन् । त्यसैगरी अर्जुन ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट भए । ओपनर दीपक बोहराले चार रन जोडे ।

बहराइनका अन्स ओबैद सैइदले तीन विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो ।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ७७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३४ रन बनाएका हुन् । त्यसबाहेक बहराइका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बहराइनका कप्तान सीफे रमेशलले छ रन जोडे भने आयन ओबैद सैइदले तीन रन जोडे । सार्थक वैद्दराजु दुई रनमा आउट भए । बलिङतर्फ नेपालका दिपेश कँडेल एक्लैले छ विकेट लिए भने दुर्गेस गुप्ताले चार विकेट विकेट लिए । नेपालले अब आगामी कात्तिक २ गते साउदी अरेवियासँग खेल्नेछ ।

उक्त खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिसी एसिया कप खेल्न पाउनेछन् ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?