Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो


२८ ,असोज ,काठमाडौँ । मलेसियामा जारी उन्नाइस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।

बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो ।

नेपालको जितमा देव खनाल र अर्जुन कुमालले समान ३२÷ ३२ रनको योगदान दिए । देवले २७ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ३२ जोडेका हुन् । त्यसैगरी अर्जुन ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट भए । ओपनर दीपक बोहराले चार रन जोडे ।

बहराइनका अन्स ओबैद सैइदले तीन विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो ।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ७७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३४ रन बनाएका हुन् । त्यसबाहेक बहराइका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बहराइनका कप्तान सीफे रमेशलले छ रन जोडे भने आयन ओबैद सैइदले तीन रन जोडे । सार्थक वैद्दराजु दुई रनमा आउट भए । बलिङतर्फ नेपालका दिपेश कँडेल एक्लैले छ विकेट लिए भने दुर्गेस गुप्ताले चार विकेट विकेट लिए । नेपालले अब आगामी कात्तिक २ गते साउदी अरेवियासँग खेल्नेछ ।

उक्त खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिसी एसिया कप खेल्न पाउनेछन् ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?