Trending
>>   यो सभा चलाउने तरिका भएनः राजेन्द्र पाण्डे >>   आन्दोलन भइरहँदा संसद चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही >>   काँग्रेस प्रमुख सचेतकको प्रश्न रास्वपाले नैतिकताको पाठ सिकाउन मिल्छ ? >>   मुलुकको अर्थतन्त्रमा वागमती सरकारको योगदान ३६ दशमलव ५२ प्रतिशत रहने >>   इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि कुटनीतिक पहल होस्ः माओवादी केन्द्र >>   इरानमा इजरायली आक्रमणपछि जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान >>   जटिल बनेको बेरोजगारी समस्या हटाउन योजनाको चाङ, बजेट न्युन >>   माओवादीले छेपारो झैँ रङ फेर्यो, हामी सदन चल्न दिँदैनौँः राप्रपा >>   माओवादीले झुक्यायो, आन्दोलन जारी रहन्छः रास्वपा >>   संसद अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्न सक्दैनौँः एमाले
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

सरकारी सेवाबाट रिटायर्ड भएको भोलिपल्टबाटै समाजसेवामा पूर्व सहायक सिडिओ श्रेष्ठको सक्रियता


काठमाडौंः केही दिनअघिमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीबाट सेवानिवृत्त खड्गबहादुर श्रेष्ठ सरकारी सेवाबाट रिटायर्ड भएको भोलिपल्टबाटै समाजसेवामा सक्रियता देखाएका छन् । उनले पछिल्लो समय चाडपर्वको समयमा नागरीक स्तरबाट कालोबजारी र महँगी नियन्त्रणमा सरकारी निकायलाई सूचना उपलब्ध गराउनेृ,त्यस्ता घटनाको सूचना संकलन थालेका छन् ।

सरकारी सेवाको अबिरल यात्रावाट विश्राम पायको दोश्रो दिन चन्द्रागिरी स्थीत चुनदेवी आधारभूत बिद्यालयमा दशै तिहार नेपाल सम्वत तथा छट पर्वको शुभकामनाको आदान प्रदानको कार्यक्रममा बिद्र्यार्थीलाइ शैक्षीक सामाग्री वितरण गरेका छन् । सामाग्री वितरणमा बिधान लामा (तेकान्दो खेलमा ओलम्पिक पदक विजेता), राज मानन्धर, शुसिल वस्नेत, राजेन्द्रध्वज, जागरण महिला विकासकी अध्यक्ष सुगन्दा सिग्देल लगायतले सहयोग गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथी बागमती प्रेदससभा सदस्य रमा आलेमगर थिईन । काठमाडौको दक्षिणी कुनामा रहेको सो बिधालयमा अध्ययनरत अधिकांश बालबालिका जिल्ला बाहिरका र न्यून बर्गका रहेको र न्युनतम शैक्षिक सामग्री समेत किन्न नसक्ने अबस्था रहेकाले दाताबाट उपलब्ध सामग्री वितरण गरेको उनले जानकारी दिए ।

कार्यक्रममा श्रेष्ठले नगरबाट चाडपर्वको नाममा गरीने खर्चबाट थोरै रकम घटाएर आर्थिक अबस्था कमजोर भएका बालबालिका लाई सहयोग गर्न अनुरोध गरेका थिए । अन्तर्राष्ट्रिय ताइकन्दो खेलाडी बिधान लामाले आफुले सक्ने सहयोग बिधालयलाई गर्ने प्रतिबद्धता जनाएका थिए । प्रमुख अतिथिआले मगरले संसद बिकास कोषबाट बिधालयको बिकासको लागि सहयोग गर्न पहल गर्ने बताएकी थिईन ।

सेवामा रहँदा उनले प्रशासनमा हक्की स्वभाव र स्वच्छ छवि भएका प्रशासकको छवि बनाएका थिए। बिशेषगरी सेवाप्रवाहमा सेवाग्राहीका सहजतालाई ध्यानमा राखेर सेवाप्रवाह गर्ने प्रशाशकको रुपमा सेवाग्राहीमाझ लोकप्रिय थिए ।उनले आफूले सरकारी सेवामा रहँदा पाएको अनुभवलाई समाजसेवामा लगाउने बताँउदै आएका छन् ।

  


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?