Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भः राष्ट्रपति पौडेल


काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको बताउनु भएको छ । शुक्रबार राष्ट्रपति भवन शितल निवासमा पत्रकारहरुसँग चियापान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र हैन मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रँदा आफ्नो पेशागत मूल्य मान्यता अनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको उल्लेख गर्नुभयो ।

पत्रकारिता क्षेत्रमा छिटो र सनसनीपूर्ण समाचार दिने अस्वस्थ प्रतिस्पर्धा चलिरहेको सन्दर्भलाई सङ्केत गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘सत्य अन्वेषण र सत्य सम्प्रेषण अहिलेको मिडियाको मुख्य चुनौति हो किनकि अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पुर्‍याउन सक्नेतर्फ सचेत हुन म तपाईहरूलाई आग्रह गर्दछु ।’’

राष्ट्रपतिले पत्रकारका कलम संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा चल्ने विश्वास व्यक्त पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिलेको अवस्थामा पत्रकारिता जगतले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी हामीले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउने नै छ भन्ने मलाई विश्वास छ ।’’


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?