Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

युट्युवबाट सिकेर च्याउ खेती


गोरखा । गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक रू आठ लाख आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यावसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेका छन् । विसं २०७२ माघदेखि च्याउ खेती गर्न सुरु गरेका उनीहरुले अहिले करिब साढे सात वर्ष भयो सिताके च्याउ खेतीबाट सिजनका बेला दैनिक रू पाँच हजारसम्म आम्दानी हुने गरेको उनीहरुले बताए । सानुमायाले बजारमा माग बढी भएकाले पुर्‍याउन नसकिएको र अहिले बजारमा प्रतिकिलो रू पाँच सयसम्म सिताके च्याउ बिक्री हुने गरेको उनले जानकारी दिइन् । उत्पादन भएका च्याउ बजारभन्दा पनि वरपर र छरछिमेकलाई बिक्री गर्दैैमा सकिने भएकाले मुख्य बजारमा पुर्याउन अझै नपाएको कृषक थापामगरको भनाइ रहेको छ ।

बिशेसगरि मुटुरोगीलाई फाइदा पुग्ने भन्ने सुनेपछि सुरुमा आफैँले किनेर खाने गरेको र विस्तारै परिवारका लागि सुरु गरिएको खेती अहिले व्यावसायिक बनेकी थापामगरले बताइन् । पकाएर खाँदा अरु च्याउभन्दा स्वादिलो र मीठो भएपछि आफैँले खेती गर्ने सोच बनाएको उनले बताइन् । उनीहरुले राम्रोसँग तालिम पनि अहिलेसम्म लिन नपाएको श्रीमानले युट्युब हेरेर सिकेको उनीहरुको भनाई रहेको छ ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?